काठमाडौँको पुतलीसडकमा एक युवकको शव फेला

0 9

काठमाडौँ, १० वैशाख – राजाधानीको पुतलीसडकस्थित न्यूप्लाजामा एक युवकको शव भेटिएको छ।

धादिङ भुमेस्थान ९ घर भइ काठमाडौंमा बस्दै आएका राजन तामाङको रहस्यमय शव बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ। शरीरमा डोरी बेरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

घर बनाउने ठेकेदारको रूपमा काम गर्दै आएका तामाङको मृत्यु रहस्यमय देखिएकाले अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ।