उच्च माविका ६ हजार शिक्षकले एकैपटक तलब पाउने

0 13
काठमाडौँ, १० वैशाख – अनुदान कोटामा रहेका ६ हजार शिक्षकलाई उच्च माध्यमिक शिक्षा परिषद्ले एक महिनाभित्र तलब उपलब्ध गराउने भएको छ।

गएको मंसिरदेखि अहिलेसम्म तलव नपाएका उनीहरुले एक महिनाभित्र तलब पाउने शिक्षा मन्त्रालयले जनाएको छ। हिजो शिक्षा विभागलाई पत्र पठाइसकिएकाले एक हप्ताभित्र उनीहरुको तलब जिल्लामा पुग्ने मन्त्रालयका प्रवक्ता हरि लम्सालले जानकारी गराए। उनका अनुसार यसपाली २ हजार नयाँ दरबन्दी पनि थपिएको छ।

उच्च माध्यमिक शिक्षक एशोसियशन हिस्टानले गएको मंसिरमा उनीहरुलाई दरबन्दीमा मिलान गर्नुपर्ने, उपप्राध्यापक सरह तलब दिनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेपछि तलब पाएका थिएनन्।