अति प्रभावित जाजरकोट क्षेत्रमा ज्यानै लिने रुघाखोकी

0 4
जाजरकोट, १० वैशाख – जाजरकोटका अत्यन्त प्रभावित भनिएका लिम्सा, नायकबाडा, रानीडाँडा, पैँक, रोकाया गाउँ र सकला क्षेत्रमा रुघाखोकीका बिरामी मात्र पाइएको स्वाथ्यकर्मीले बताएका छन्।

जाजरकोट लिम्सामा पुगेकी नेपाल क्यान्सर केयर फाउन्डेशनकी डाक्टर सरिता घिमिरेका अनुसार नायाकबाडामा २ सय ८४ जनाको स्वाथ्य परीक्षण गरिएको छ। जसमा ३ जनामा ज्वरो देखिएको र उनीहरुको स्वास्थ्य अवस्थामा सुधार आइसकेको उनले बताइन्।

यस्तै लिम्सामा १ सय ७२ जनाको स्वाथ्य परीक्षण गरिएको छ। उनीहरुमध्ये ६ जनामा ज्वरो देखिएको र बाँकी सामान्य रुघाखोकीको बिरामी मात्र भएको  डा घिमिरेले जानकारी दिइन्। यो क्षेत्रमा बुधबार गरिएको स्वाथ्य परीक्षणमा १ सय १३ जना स्थनीय सहभागी भए पनि रुघाखोकी बाहेक गम्भीर समस्या नदेखिएकफ उनको भनाई छ।

महामारीका कारण अहिलेसम्म मर्नेको संख्या २८ पुगेको छ। रेबिज लागेका, दमका बिरामी र हृदयघाका कारण मृत्यु भएकालाई समेत स्वाइन फ्लू भएको भनेर प्रचार गरिएको पाइएको स्थानीय क्षेत्रमा खटिएका स्वाथ्यकर्मीले बताएका छन्।