क्यारेबियनमा सात नेपाली विद्यार्थी पक्राउ

0 9

काठमाडौँ, १० वैशाख – क्यारेबियन मुलुक ग्रेनाडामा ७ जना नेपाली विद्यार्थी पक्राउ परेका छन्।

एजुकेशन इन हस्पिटालिटी, क्रुज एण्ड  बिजनेस म्यानेजमेन्ट पढ्का लागि  भन्दै सेन्ट लुईस पुगेका उनीहरु छिमेकी राष्ट्र ग्रेनाडामा पक्राउ परेको जनाइएको छ। त्यहाँको प्रहरीले बुधबार ७ जना नेपाली विद्यार्थी पक्रेको पुष्टि गरेको अन्तर्राष्ट्रिय अनलाइन संस्करण जमाइका अब्जरभरले जनाएको छ। सेन्ट लुइसबाट डुंगामा ग्रेनाडा जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा ६ जना छात्र र एक छात्रा छन्। २२ वर्षका दिपक सापकोटा, २२ वर्षकै चन्द्रबहादुर थापा, १८ वर्षका अंकित ढकाल, २३ वर्षका प्रदिप अधिकारी, २० वर्षका दिपक भुजेल, ३२ वर्षका अर्जुन काफ्ले शर्मा र २० वर्षकी नुमकला तिवारी पक्राउ परेका हुन्।