जाजरकोटमा साढे चार हजार बिरामी

0 8

जाजरकोट,वैशाख १० – तीन सातादेखि जाजरकोटमा फैलिएको स्वाइनफ्लुबाट अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । साढे चार हजारभन्दा धेरै बिरामी छन् । बिरामीमध्ये २५ प्रतिशतमा इन्फलुएन्जा लक्षण देखिएको छ ।

 

स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रकोप नियन्त्रण भइरहेको दाबी गरे । पछिल्लो समय प्रकोपग्रस्त क्षेत्रमा नयाँ बिरामीको संख्या घट्दै गएको र अन्य स्थानमा फैलिन नदिन थप सतर्कता अपनाइएको उनले बताए । जाजरकोट प्रकोपबारे बुधबार संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिले मन्त्री अधिकरीसित जानकारी लिएको छ ।

प्रकोप नियन्त्रणका लागि मुख्यसचिवको नेतृत्वमा स्वास्थ्य, गृह, र रक्षा मन्त्रालयको सचिव सदस्य हुने समन्वय समिति बनाइएको मन्त्री अधिकारीले बताए, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।