छोरीको विवाहमा लालपुर्जा उपहार

0 9

महोत्तरी,वैशाख १० – मुलुकको अंशबन्डासम्बन्धी कानुनमा छोरालाई छोरीसरह सम्पत्तिको अधिकार दिइएको छ । तर,कानुन कार्यान्वयन नहुँदा अहिलेसम्म विवाह गरेर घर जाने महिलाले माइतीको सम्पत्ति पाउन सकेका छैनन् । विवाहमा दाइजोका रुपमा नगद,गरगहना,लत्ताकपडा,भाँडाकुँडा नदिएर महोत्तरीका एक एमाओवादी नेताले अंशबन्डाको लालपुर्जासहित छोरीलाई माइतीको अंशियार बनाई अन्माएका छन् । कानुनी रुपमा पाउने जग्गाको अंशियारीस्वरुप एमाओवादी नेता विदुर कार्की र सविता कार्कीले आफ्नो छोरी मनीषा कार्कीलाई विवाहमा लाजपुर्जा दिएका हुन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।