भारतीय तीर्थयात्री चढेको बस धादिङमा दुर्घटना, १७ को मृत्यु

0 5

९ बैशाख, धादिङ । पशुपतिनाथ दर्शन गरेर फर्केका भारतीय तीर्थयात्री चढेको बस धादिङको झ्याप्ले खोलामा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १४ जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारका लागि ल्याइएका दुई जनाको ओमसमाज बलम्बु , शिवज्योती अस्पताल र कलंकीमा रहेको सहीद मेमोरियल अस्पतालमा निधन भएको हो ।

दुर्घटनामा २८ जना घाइते भएका छन् । उनीहरुको राजधानीका विभिन्न आठवटा अस्पतालमा उपचार भइरहेको छ ।

dhadhing-acc-2

घाइतेमध्ये मेघा अस्पतालमा चार जना, शिवज्योती अस्पतालमा आठ जना, सहीद मेमोरियलमा दुर्इ जनाको उपचार भइरहेको छ । त्यस्तै नेपाल एपीएफमा एक जना, दीघायू अस्पतालमा चार जना, टिचिङमा सात जना तथा बयोधा र नर्भिक अस्पतालमा एकएक जनाको उपचार भइरहेको छ ।

दुर्घटनाको उद्दारमा नेपाल प्रहरी साथै सशस्त्र प्रहरीको एकसय ५० जनाको टोली खटेको छ । उद्दार कार्य अहिलेपनि जारी रहेको छ । दुई तले बस सडकबाट एकसय मिटर तल खसेको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरु अधिकांश भारतीय नागरिक रहेको र उनीहरुको सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरी केन्द्रिय कार्यालयले जनाएको छ ।