पूर्वलडाकु लागुऔषध कारोबारमा संलग्न

0 6

भैरहवा, बैशाख ९– नेकपा माओवादीका तर्फबाट १० बर्षे जनयुद्ध लडेका पूर्वलडाकु ३१ बर्षिय रमेश चौधरी लागु औषध कारोबारको अभियोगमा अहिले प्रहरी हिरासतमा छन ।

तिलोत्तमा नगरपालीका वडा नं. १६ बस्ने चौधरीलाई २६ ग्राम लागु औषध ब्राउन सुगर, टिनी ब्याट्रीबाट चल्ने तराजु र २५ हजार ३ सय सहित अस्थायी प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र ढकालले यस अघि पनि ठूलो लागु औषध कारोबारी सुभाष मद्धेशिया पछि पक्राउ परेका उनि पनि ठुलै कारोबारी रहेको दावी गरे । सुभाष मद्धेशिया पनि यस अघि २६ ग्राम लागु औषध ब्राउन शुगर सहित पक्राउ परेका थिए । उनि माथी ज्यान मार्ने उद्योग तथा हाथ हतियार खरखजाना सम्बन्धि मुद्दा यस अघि पनि चलेको कार्यालयको अभिलेखबाट देखिएको एसपी ढकालले बताए ।
यसै गरि भैरहवा आसपासका क्षेत्रहरुमा चोरी निकासीका घटनाहरु बढदै गए पछि अहिले रुपन्देही प्रहरीले आफ्नो निगरानी बढाएको छ ।