साउदी अरब नेतृत्वको गठबन्धनद्धारा फेरी हुथी बिद्रोहीमाथि हमला शुरु

0 17

यमन, बैशाख ९-साउदी अरब नेतृत्वको गठबन्धनले यमनमा फेरी हुथी बिद्रोहीमाथि हवाई हमला शुरु गरेको छ ।

बिद्रोहीमाथि आक्रमण नगर्ने निर्णय गरेको केही घण्टामा नै खाडी मुलुकको गठबन्धनले यमनको ‘ताएज’ शहरमा हमला गरेको हो । ताएज शहरमा राष्ट्रपति अब्द रब्बू मनसूर हादीका समर्थकहरुले सैन्य बेस नष्ट गरेपछि कारवाही शुरु गरिएको बताइएको छ । उता, अदन, हूता र दालेह शहरमा पनि युद्धका खबर आएका छन् । मंगलबार मात्रै साउदी अरबले यमनमा एकमहिना यता जारी आफ्नो सैन्य अभियान अन्त्य गर्ने घोषणा गरेको थियो । यद्यपी आवश्यक परेमा फेरी पनि सोही अभियान पुनर्जीवित गरिने बताइएको थियो ।