८३ वर्षमा शेरचन पुनः सगरमाथा चढ्दै

April 22 2015 12:18

काठमाडौँ, वैशाख ९ – वयोवृद्ध सगरमाथा आरोही मीनबहादुर शेरचनले ज्येष्ठ नागरिकमध्येबाट आरोहणको आफ्नो विश्व कीर्तिमान पुनः कायम गर्न यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन सर्वोच्च शिखरको आरोहण गर्ने भएका छन् । हाल ८३ वर्ष ९ महिनाका शेरचन यसअघि विसं २०६५ जेठ १२ मा ७६ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल हुनु भएका थिए । पछि ८० वर्षीय जापानी नागरिक युचिरो मिउरा ले सो रेकर्ड तोडेपछि शेरचन पुनः सगरमाथा चढ्न लागेका हुन् । शेरचन शुक्रबारको सो दिनको साइतमा काठमाडौँबाट लुक्लातर्फ लाग्दै छन् । नेपालकै ८२ वर्षीय पूर्वमन्त्री शैलेन्द्रकुमार उपाध्यायको ज्येष्ठ नागरिक आरोहीको कीर्तिमान कायम राख्न सगरमाथा आरोहणका क्रममा दुःखद् निधन भएको थियो । आरोहणबारे आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा ९एमाले० का पर्यटन प्रवद्र्धन विभागका प्रमुख तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाले शेरचनलाई खादा ओढाइ सफलताको कामना गरेका थिए । प्रमुख थापाले शेरचनले दोस्रो पटक आरोहणको साहस गर्नुभएकोमा सफलताको कामना रे। म्याग्दीको भुरुङ–९ तातोपानीमा जन्मनुभएका शेरचन भूतपूर्व गोरखा सैनिक पनि हुन् । उनले २०२ किमिको काठमाडौं —पोखरा यात्रा चार दिनमा र १०२८ किमिको मेची—महाकाली यात्रा २० दिनमा पैदलयात्रामार्फत पूरा गरिसक्नुभएको छ । उनले आफ्नो स्वेच्छाले यात्रा गर्न लागेको बताउँदै यसमा देशविदेशबाट प्राप्त सहयोग र सद्भावबाट उत्साहित भएको बताए । शेरचनले भन्नुभयो, “मेरो आरोहणको मुख्य उद्देश्य बहादुरी देखाउने भन्ने मात्र नभई जन्म र कर्म दिने आमा र पृथ्वी आमाको सम्मान गर्नु हो ।” अहिले समयमा पृथ्वी आमालाई सम्मान गर्नु अत्यावश्यक भएको जनाउँदै उहाँले पर्यावरणको सन्तुलन भएमा मात्र मानवकल्याण हुने बताए । आफूलाई अस्वस्थ भएकाले सगरमाथा चढ्न नसक्ने भनी केही भ्रम उत्पन्न गराइएकोमा असन्तोष जनाउँदै उहाँले आफू तन्दुरुस्त ९पर्फेक्ट० रहेको बताए । शेरचनले आफ्नो मीठो खानाका लागि कोदाको पीठो पनि साथमा लिएर जानुहुनेछ । सो आरोहणको व्यवस्थापन गरिरहेको हिमालयन गाइड्स नेपालका प्रबन्धक ईश्वरी पौडेलले शेरचनको आरोहणका लागि सलामी दस्तुर ९रु ७५ हजार० निःशुल्क गर्न सरकारलाई लामो समयदेखि आग्रह गरिएपनि शुल्क तिरेरै ढिलो गरी अनुमति पाइएको गुनासो गरे । उनले आरोहणका लागि अक्सिजन व्यवस्थापनमा मात्रै साढे पाँच लाख रुपैयाँ लाग्ने बताउनुभयो । आरोहण सहयोगका लागि नेपालमा क्रियाशील समितिका नेपाल संयोजक दुर्गाबहादुर बुढामगर ९सागर० ले गैह्रआवासीय नेपालीले शेरचनको आरोहणका लागि सहयोग गरिरहेको बताए । यस्तै, नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगर, गैह्रआवासीय नेपाली सङ्घ ९एनआरएन० का अन्तर्राष्ट्रिय समितिका सदस्य सुषमा राई, एनआरएन, बेलायतका कल्पना आङबुहाङ, थकाली सेवा समाजका अध्यक्ष खगेन्द्र भट्टचनले पनि आरोहण सफलताको कामना गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top