पहिले शौचालय नबनाउने नै अहिले जनचेतना जगाउँदै

0 5

भैरहवा, बैशाख ९–पोखरभिण्डी गाविस वडा नं. २ का तुलाराम कोईरीको अहिले आफ्नै शौचालय छ । केही दिन अघिसम्म खुल्ला स्थानमा शौच गर्न रुचाउने कोईरी अहिले आफै शौचालय बनाउन जनचेतना फैलाउदै हिँडिरहेका छन् ।
पेशा पनि निर्माण सम्बन्धि नै रहेकोले सके जति आफै पनि शौचालय बनाउन उनि पछि हट्दैनन । “आफ्नै गाउ ठाउमा सकेको शौचालय निर्माण गर्छु, सक्नेले दिए २ पैसा दिए लिन्छु नसक्नेको त्यसै पनि गरेको छु ” कोईरीले आफ्नो अनुभव सुनाए ।
केही दिन अघि सम्म खुल्लामै शौच गर्न रुचाउने कोईरीले अहिले बाहिर दिशा गर्नु हुन्न भन्दै गाविसले आयोजना गरेको कार्यक्रम एवम अन्य कार्यक्रमहरुमा समेत प्रचार गरि रहेका छन् । पोखरभिण्डी गाविसको कार्यालय र सुआहार परियोजना अन्र्तगत स्थानिय सेवा प्रदायक संस्था दिगो सामुदायिक बिकासको निम्ति एकता (युएससीडी)ले आयोजना गरेको मिस्त्री तालीम लिए पछि कोईरी अहिले सो काममा दक्ष बनेका छन् ।

शौचालय बनाउने ईच्छा हुदा हुदै पनि जनशक्तिको अभावमा काम गराउन नसक्नेहरुलाई लक्षित गरि स्थानिय स्तरमै रहेकाहरुलाई मिस्त्री तालीम दिइएको सुआहारा कार्यक्रम अन्र्तगत युएससीडीका फिल्ड सुपरभाईजर गणेश खडकाले बताए ।
स्थानिय स्तरमै उत्पादीत यी जनशक्तिले भ्याए सम्म आफ्नै गाउ ठाउमा शौचालय निर्माण गर्ने कार्य गरि रहेको उनको दावी छ । बिभिन्न ५ गाविसमा गरि ५२ जनालाई सरसफाई मिस्त्रीको तालीम दिईएको उनले जानकारी दिए ।
नेपाल सरकारले सन २०१७ सम्म नेपाललाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने अभियानमा अहिले परियोजनाले रुपन्देहीका ११ गाविसमा सहयोग गरि रहेको सुआहाराका वास अफिसर पुष्प बहादुर रावलले जानकारी गराए । स्थानिय सेवा प्रदायक युएससीडी मार्फत रुपन्देहीको पडसरी, गजेडी र रुद्रपुर गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा भई सकेको र पोखरभिण्डी, पटखौली, सिक्टहन, मझगावा, बेतकुईया, मर्यादपुर, साडी र बगहा गाविहरुलाई खु्ल्ला दिशामुक्त गर्न सहयोग गरि रहेको रावलले जानकारी दिए ।
यी गाविसहरुमा बिभिन्न सचेतना मुलका कार्य गर्नुको साथै गाविसले तोकेको अति बिपन्न घरधुरीहरुलाई बिभिन्न निर्माण सामाग्री एवम अन्य सहयोग गरि रहेको रावलले बताए । यसै गरि दिगो सामुदायिक बिकासको निम्ति एकताका निर्देशक प्रयास खनालले कार्यक्रम लागु भएको ६ महिनामानै २ हजार ३ सय ६४ अर्थात ७३ दशमलव २८ प्रतिशत शौचालय निर्माण समपन्न भै सकेको जनाए ।
सुआहारा परियोजनाले सरसफाई क्षेत्रमा सघाए पछि गाविस कर्मचारीहरु समेत हौसिएका छन् । परियोजनाले सहयोग गरि रहेको ३ वटा गाविस खुल्ला दिशामुक्त घोषणा भई सकेका छन । रुपन्देहीको पूर्वी क्षेत्रमा रहेको पटखौली र सिक्टहन गाविस पनि खुल्ला दिशा मुक्त हुने अन्तिम चरणमा रहेका छन् । सिक्टहन गाविसका सचिव हेमलाल बस्यालले सुआहाराले गर्दा नै गाविस लक्ष्य अनुरुप खुल्ला दिशा मुक्त गर्न सफल भएको बताए ।“ गाविसको श्रोत र साधनले भ्याएको थिएन सुआहारा आए पछि हामीलाई धेरै सहज भयो । सम्पूर्ण कामको करिब ७० प्रतिशत काम त सुआहाराबाट खटिएका कर्मचारीले नै गरेका छन । ” बस्यालले भने ।
सिक्टहन गाविलाई खुल्ला गाविस घोषणाको लागी २ जना कर्मचारी सहित आफु अहोरात्र खटिएपछि मात्र अहिले यो अवश्थामा आएका फिल्ड सुपरभाइजर नुमा सापकोटाको भनाई छ । यसै गरि पटखौली गाविसका सचिव मसहुर आलम खां पनि सुआहारको सहयोगले गाविस खुल्ला दिशामुक्तको घोषणाको अन्तिम चरणमा पुगेको बताए । बिशेष अवश्था बाहेक बैशाख १७ गते गाविसलाई खुल्ला दिशामुक्त घोषणा गर्ने लक्ष्य रहेको खांले बताए । पट्खौलीलाई यहा सम्म ल्याउन सुआहाराका २ सहजकर्ता सहित फिल्ड सुपरभाईजर बुद्धि प्रसाद बस्याल र सम्पूर्ण टिमले सहयोग गरेको उनको भनाई छ ।
सुआहाराको साथ पाएका स्थानिय अगुवाहरु पनि हौसिएको पोखरभिण्डी गाविसका सचिव लेखनाथ अर्यालले बताए । अहिले स्थानियहरु आफै पनि शौचालय भए नभएकोबारे अनुगमन गरि रहेको अयार्लले दावी छ । सुआहाराका सरसफाई सहजकर्ताहरु खटिएर काम गरि रहेकोले पोखरभिण्डी पनि निकट भविष्यमै लक्ष्य नजिक पुग्ने उनको बुझाई रहेको छ ।
रुपन्देहीलाई सन २०१६ सम्म खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न अहिले सक्रियता बढाईएको रुपन्देहीका स्थानिय बिकास अधिकारी एवम जिल्ला स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका संयोजक विश्व प्रकाश अर्यालले बताए । बिगत ३ बर्ष देखि अनुदानको ब्यावस्था रहे पनि अहिले पूर्ण रुपमा अनुदान हटाइए पछि अहिले शौचालय निर्माणमा तिव्रता आएको आफुले प्रतिक्रिया पाएको अर्यालले जनाए । अहिले जिल्लामा रहेका सम्पूर्ण गैरसरकारी संस्थाहरुले सरसफाई क्षेत्रमा सहयोग गर्दै आईरहेको उनको भनाई छ । सुआहाराले समेत पोषण र सरसफाईमा सहयोग गरि रहेको उनले जनाए । सुआहाराले बिभिन्न किसिमका जनचेतनामूलक कार्य र अति बिपन्न घरधुरीहरुलाई मात्र भिवाससीसीले सिफारीस गरे अनुसार शौचालय निर्माण पछि केही रकम प्रोत्साहन स्वरुप प्रदान गरि रहेको जानकारी दिए ।