सरकार ! यो हो जाजरकोटको तस्बिर :हेलिकप्टरअगाडि लाइन लागे बिरामी

0 3

जाजरकोट – स्वाइनफ्लुको महामारी फैलिएको एक महिनापछि सरकारले जाजरकोटमा रोग नियन्त्रण प्रयास थालेको छ । महामारीबाट २४ जनाको मृत्यु भएपछि तथा सयौं बिरामी परेपछि सरकारले प्रकोप प्रभावित गाउँहरुमा औषधिसहितको डाक्टरको टोली पुर्याएको छ ।

तर,यतिञ्जेल त्यहाँका जनता कुन अवस्थामा बाँचेका छन् भन्ने कुरा यो तस्बिरबाट प्रष्ट हुन्छ । काठमाडौं र नेपालगन्जबाट डाक्टर र औषधि बोकेको हेलिकप्टर सोमबार पैंक गाविसको खोलातरीमा अवतरण गर्यो । डाक्टर आउँछन् भनेर सर्वसाधारण एक महिनादेखि कुर्दै आएका थिए । तर,सोमबार जब डाक्टर बोकेको हेलिकप्टर पुग्यो,जँचाउन स्थानीय बासिन्दा खोलातिरमै लाइन् लागे,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।