शुल्क वृद्धिको विरोधमा शिक्षा कार्यलयमा धर्ना

0 9

भक्तपुर, बैशाख ६ । शुल्क वृद्धि तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै भक्तपुरमा सक्रिय पाचँ विद्यार्थी संगठनले आईतबार व्यासी स्थित जिल्ला शिक्षा कार्यलयमा धर्ना र विरोध पत्र बुझाएका छन् ।
निजि विद्यालयहरुले शिक्षा विभागको मापदण्ड विपरीत शुल्क वृद्धि गर्ने गरेको भन्दै विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको कार्यकक्षमा केहि
समय नारा लगाउदै विरोध पत्र दिएका हुन् ।
विद्यालय संञ्चालकहरुले २१ देखी ४१ प्रतिशत सम्म आफुखुसी शुल्क तोकेकले जिल्लामा सक्रिय सबै संगठनले आन्दोलन गर्न बाध्य भएको अनेरास्ववियुका भक्तपुरका जिल्ला अध्यक्ष सुमन न्यौपानेले बताए ।
सरकारले आगामी ५ गतेसम्म शुल्क वृद्धि फिर्ता गर्न ठोस कदम नचाले निर्धारण गरेको शुल्क फिर्ता नलिए आन्दोलन झन् कडा पारीने विद्यार्थी संगठन जानकारी दिएका छन् ।
भक्तपुरमा निजि विद्यालय सञ्चालकहरुको संगठन प्याव्सन, एनप्याव्सन, हिसान लगायतले शिक्षा अधिकारी बहिष्कार गरेकाले हाल सम्म पनि शिक्षा समितिको बैठक बस्न सकेको छैन् ।
उनिहरुले जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको बर्हिगमन नभइ बार्ता नबस्ने बताएपछि भक्तपुरमा शुल्क निर्धारण हुन सकेको छैन् ।
मुलुकको शिक्षा क्षेत्रमा मौलाएको माफिया तन्त्रको कारणले आफनो छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन चाहने मध्ययम वर्गीय अभिवाहक सधै शोषीत हुने गरेकाले आन्दोलन गर्नु परेको अखिल काक्रिन्तीकारी केन्द्रिय सदस्य विरेन्द्र केसी बताए ।
नेपाल विद्यार्थी संगठन, अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अनेरास्ववियू—क्रान्तीकारी लगागत ५ विद्यार्थी सगठनले संयुक्त रुपमा शिक्षा कार्यलयमा धर्ना तथा विरोध पत्र दिएका हुन् ।