रेविजका कारण एकको मृत्यु

0 9

जाजरकोट, वैशाख ६ – रेविजका कारण जाजरकोटमा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशेरा गाविस–५ का ३१ वर्षीय शेरकुमार रावत रहेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । उनलाई बहुलाएको कुकुरले गत पुसमा टोकेको थियो ।