एनसेलको प्रिपेडबाट उपहार पठाउन सकिने

0 2

काठमाडौं,वैशाख ६ – एनसेलले नयाँ वर्षको अवसरमा प्रिपेड ग्राहकका लागि एनसेल कोसेली नामक नयाँ सेवा ल्याएको छ । नयाँ सेवामार्फत एनसेलका प्रिपेड ग्राहकले प्रियजन तथा साथीभाइहरुलाई एनसेलको कुनै पनि नम्बरमा कल गर्न मिल्ने टक टाइम र डेटा प्याक उपहारस्वरुप पठाउन सक्नेछन् । एनसेल कोसेली शनिबारबाट लागू भएको छ । यो सेवामा एनसेलका प्रिपेड ग्राहकले अर्को प्रिपेड प्रयोगकर्तालाई २० मिनेटको अन नेट टक टाइम,४० एमबी र पाँच सय एमबी डेटा उपहारस्वरुप पठाउन सक्नेछन् । २० मिनेट टकटाइम उपहारको शुल्क करसहित ४९.४७ रुपैयाँ लाग्नेछ । साथै ४० एमबी डेटा उपहारको शुल्क करसहित १११.८७ र पाँच सय एमबी डेटा उपहारको ४५०.८७ रुपैयाँ लाग्नेछ ।

 

You might also like More from author