बन्द भएको छ महिनापछि बल्ल खुल्न थाले बिद्यालयहरु

April 19 2015 15:29

डोल्पा बैशाख ६ –गत मंसिर महिना देखिनै बन्द भएका उपल्लो डोल्पाका बिद्यालयहरु बल्ल खुल्न सुरु गरेका छन् ।

मंसिरमा सुरुहुने बार्षिक परीक्षा सकाएर जाडो छल्न बेशि झरेका शिक्षक तथा बिद्यायार्थिहरु गाँउ फर्किन सुरु गरेपछि बिद्यालयहरु खुल्नसुरु गरेका हुन ।
उपल्लो डोल्पामा कार्तिक महिना देखिनै भारी हिमपात सुरु भई चिसो अत्याधिक बड्ने भएकाले हरेक बर्ष उपल्लो डोल्पाका बिद्यालयहरु मंसिरदेखिनै बन्द हुने गरेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ ।
डोल्पाको उत्तरी भेगमा पर्ने साल्दाङ,भिजेर,तिन्जे,मुकोट,छार्का,धो लगाएतका गा बि सहरुमा मंसिर महिनादेखि चिसो बड्ने भएकाले गाँउका सबै सर्बसाधारणहरु हिँउद कटाउनको लागि तल्लोडोल्पा झर्ने गर्दछन ।
उपल्लो डोल्पामा १८ वटा प्राथामिक र एक वटा माध्यामिक बिद्यालयहरु रहेका छन ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top