६७ बर्षीया आमाको पीडा ! कसले ल्याइदेला मेरी छोरी घरमा

0 4

बैशाख ,दाङ ६- कान्छी छोरी गएको अहिले असार १४ गते २ बर्ष पुग्दै छ, साहुले आउन दिदैनरे , कसले ल्याइदेला मेरी छोरीलाई घरमा । दाङको तुलसीपुर ११ अश्वाराकी ६७ बर्षीया पिमा महताराको पीडा हो यो । उनी अहिले छोरी आउने बाटो कुरेर घरको दैलोमा बसिरन्छिन् । छोरीको मुख हेरेर मात्र मर्न परोस भन्ने पुकारा गर्ने उनी छोरीको कुरा गर्ने वित्तिकै भक्कानो फुट्छ, अनि मनको बाँध फुटेर आँसुका धारा बग्छन् ।

कक्षा ९ मा पढ्दै गरेकी छोरी आर्थिक अबस्था अत्यन्तै दयनिय भए पछि कमाउन भन्दै घरेलु काम्दारका लागि कुवेत पुगेकी थिइन् । छोरीलाई कसले पठायो, मेनपावरको नाम केहो ? आमालाई कुनै जानकारी छैन् । काठमान्डौका घर्ती मामाले कुवेतमा राम्रो काममा पठाइदिने भन्नु भएको छ आमा म त्यहाँ गएर धेरै पैसा कमाउछु , छोरीले पासपोर्ट वनाउने बेला भनेको उनलाई यतिमात्रै थाहा छ ।

“मालिकसंग घर जाने कुरा गर्ने वित्तिकै गाली र कुटाई खाइन्छ आमा यहाँ त बिरानो मुलकमा मेरो को छ र त्यहाँ कोही दाइभाइलाई भनेर यो नर्कबाट उद्धार गर्नुहोसे छोरीले भन्छे म बुढी कसलाई भन्न जाउँ ? ” रुदै उनीले भनिन् ।

छोरी जन्मेको मिति समेत थाहा नपाउने उनीले छोरीको उमेर १९÷२० बर्ष होला भन्ने अनुमान गरिन । भारत हुदै कुवेतमा घरेलु कामदारमा गएकी मनका महतारा घरमा काममा लागेको ६ महिनामै चरम घरेलु हिंसाको पीडा सहन नसक्दा जीवनै मायाँ मारेर भागेकी थिइन् । मनका अहिले कुवेतको जखेरा भन्ने ठाउमा एक मालीकको घरमा काम गर्छिन । छोरीले मालिकको घरमा खाना पकाउने, भाडँकुडाँ मिस्ने, लुगा धुने, आइरन लगाउने, कोठामा पोछा लागाउने, बालबच्चलाई स्यहार सुसार गर्ने, लगायतका काम गर्छु भनेर टेिलफोनमा भन्ने गरेको आमा पिमाले बताइन् ।

त्यति भए त ठिकै थियो तर दिनहुँ विभिन्न बाहानामा छोरीले घर मालिक्नीको हातबाट कुटाई खानु पर्छ भनेर फोन गर्छे, आँखाभरी आएको आँसु पुच्छ्दै उनीले भनिन् मेरी छोरीलाई कसले घरमा ल्याइदेला कोही होलान् की दातामाता ?

छिरछिमेकमा कसैले आमा भन्दा उनको मुटु चिथाेिरन्छ, धरधरी आँसु बग्न् सुरु गर्छन्, कतै छोरी पो मलाई आमा भन्दै आइकी त हैन ,कति बेला आषाको त्यान्द्रो पनि पलाएको उनी बताउछिन्् । फोन पनि लुकेर गर्नु पर्छ छोरीले भनेको सम्झिदै उनी थप्छिन् ।

५ सन्तानकी आमा पिमाका २ छोरा अलग भएर अहिले विदेशमा छन् , जेठी र माइली छोरीको विहे भएर पराई घरमा छन् , यता कान्छी छोरीसंगै बस्दै आएकी उनी अहिले बेसहारा भएर रातदिन छोरीको चिन्ताले छट्पटिन्छिन् । उनलाई २÷३ पटक मात्र छोरीले माइली छोरीको नाममा पैसा पठाएको थाहा छ तर कति हो पनि थाहा छैन् ।

छोरीले फोनमा गरेको एक अर्को कुरा सुनाउदै काठमान्डौ हो की कुन ठाउकी एक जना तामाङ थरकी अधवैंशे महिला ४ बर्ष देखि चरम घरेलु हिँसाको शिकार भएको र २ बर्ष देखी काम गरेको पैसा समेत नपाएको भन्दै रुने गरेको पिमाले भनिन् ।