बम बिस्फोटमा आमाको मृत्यु भएका पत्रकार न्याय माग्दै काठमाडौमा ।

0 3
करेसा बारीमा राखेको बम विष्फोटमा परि आमा नमादेबीको मृत्यू भएपछि त्रासले प्यूठान जिल्लाको ओखरकोट गाविस ५ को थातथलो छाडेर सदरमुकाम छेउको बाग्दुल बजारमा विस्थापित भएको सञ्चारकर्मी प्रमोद पोख्रेलका परिबार अहिले न्याय खोज्दै राजधानीमा भौतारिरहेको छ

काठमाडौ, ६ बैशाख । करेसा बारीमा राखेको बम विष्फोटमा परि आमा नमादेबीको मृत्यू भएपछि त्रासले प्यूठान जिल्लाको ओखरकोट गाविस ५ को थातथलो छाडेर सदरमुकाम छेउको बाग्दुल बजारमा विस्थापित भएको सञ्चारकर्मी प्रमोद पोख्रेलका परिबार अहिले न्याय खोज्दै राजधानीमा भौतारिरहेको छ ।
दिनहु जाने करेसावरीमा कसैले राखिदिएको बम गत चैत्र ५ गते दिउसो विष्फोट हुँदा नमादेबीको मृत्यू भएपछि त्रासले स्थानीय स्वर्गद्धारी राष्ट्रिय साप्ताहिकका सम्पादक समेत रहेका पोख्रेलका परिवार फेरि केही हुने हो कि भन्ने त्रासले विस्थापित भएका हुन ।

आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मी पोख्रेलले आफ्नो आमाको हत्या भएको दावी गर्दै प्रहरीले अहिलेसम्म हत्याको कारण र दोषी पत्ता लगाउन गंभिरतापूर्वक अनुसन्धान नगरेकोले आफू छिटो अनुसन्धान होस भन्ने माग गर्न राजधानी आउनु परेको गुनासो गरे ।
उनले एक साताभित्र विधी विज्ञान प्रयोगशालाबाट रिपोर्ट ल्याउने प्रतिबद्धता ब्यक्त गरे पनि एक महिना वित्नलाग्दा समेत कुनै जानकारी नदिएको भन्दै प्रहरीलाई अनुसन्धानमा तदारुकता देखाएर दोषीमाथि कारवाहीको लागि दवाव सृजना गर्न आब्हान गरे । उनले आफूले सञ्चारकर्मीको रुपमा खेलेको भूमिकाकारण रुष्ट पक्षले बम राखेको आशंका समेत ब्यक्त गरे ।

पत्रकार सम्मेलनमा मानवअधिकारबादी सुवोध प्याकुरेलले नागरिकको सुरक्षा राज्यको प्रमुख दायित्व भएको भन्दै अपराध अनुसन्धान गर्ने अधिकारीले पीडित परिवारलाई विश्वासमा लिन नसक्नु विडम्बनापूर्ण अवस्था भएको बताए ।
उनले एक महिनासम्म पनि विधि विज्ञान प्रयोगशालाबाट रिपोर्ट ल्याएर अनुसन्धान नगर्नु राज्यको संबेदनहिनताको पराकाष्ठ भएको भन्दै घटनाका अनुसन्धानको लागि दवावको आवश्यकता भएको बताए ।