बझाङमा एउटै रुखमा पासो लगाएर तीन बालिका मृत्त अवस्थामा फेला

0 4
बझाङ, वैशाख ६ – एउटै रुखमा पासो लगाएर  बझाङमा तीन बालिकाले सामूहिक आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।

बझाङको सुर्मा गाविस-५ मा आइतबार जङ्गलमा एउटै रुखमा भारी बोक्ने नाम्लोले पासो लगाएर तीन बालिकाले आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।

आत्महत्या गर्नेमा सोही गाविसका १४ वर्षीया जुनतारा पुजारा, १४ वर्षीया नै रेखा पुजारा र १५ वर्षीया कविता बोहरा रहेका बझाङ प्रहरीले जनाएको छ ।

उनीहरु लिपपोत गर्न भनी माटो लिन शुक्रबार घरबाट निस्केका थिए । तर बेलुकासम्म घर नफर्केपछि खोजीमा जुटेका आफन्तले शनिबार माटो खन्ने ठाउँ नजिकैको बाघमारा जङ्गलमा पासो लगाएको अवस्थामा  भेटाएका थिए ।
तीनै जना बालिकाको शव आइतबार नै आफन्तले बुझेका छन् ।

सुर्मा उच्च माविमा कक्षा ७ र ८ मा अध्ययरत बालिकाहरुले के कति कारणले आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।