मलेसियामा नेपाली युवतीले आत्महत्या गरिन्

0 9

क्वालालाम्पूर, १९ अप्रिल  – मलेसियामा एक नेपाली युवतीले शुक्रबार राति झुन्डिएर आत्महत्या गरेकी छन्।

मलेसियाको साहलमस्थित २० सेक्सनमा रहेको टोयटा कम्पनीमा कार्यरत पाल्पाकी सिमाकुमारी मगरले आत्महत्या गरेकी हुन।एक वर्षअघि रोजगारीका लागि आएकी उनले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन।

सोही कम्पनीमा काम गरिरहेकी गौसरी रार्इका अनुसार मगरले दिनभर कम्पनीमा काम गरेकी थिइन्। कम्पनीबाट होस्टेलमा फर्केपछि शुक्रबार राति बाथरुममा झुण्डिएर उनले आत्महत्या गरेकी हुन।

मृतकको शव अहिले पोस्‌टमार्टमका लागि स्थानीय केलाङ अस्पतालमा राखिएको अन्नपूर्ण पोष्टले छापेको छ।