पत्रपत्रिकाबाट – तीस दलीय मोर्चा फुटदैन: एमाओवादी

0 6
एमाओवादीले आफ्नो नेतृत्वको तीस दलीय मोर्चा संघीय संविधान निर्माणमा एकताबद्ध भएकाले नफुट्ने दाबी गरेको छ।
एमाओवादीले आफ्नो नेतृत्वको तीस दलीय मोर्चा संघीय संविधान निर्माणमा एकताबद्ध भएकाले नफुट्ने दाबी गरेको छ।

मधेसवादी दलहरूले छुट्टै मोर्चा बनाउने तयारी गरिरहेको धारणा सार्वजनिक भइरहेका बेला एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता दीनानाथ शर्माले मोर्चा आन्दोलनको समीक्षा गरेर अझ एकताबद्ध हुने दाबीसमेत गरेको कान्तिपुर दैनिकमा खबर छ।

उनले कुनै एकरदुई दलले छाडदैमा मोर्चामा समस्या नआउने दाबीसमेत गरे। एमाओवादीले बहुमतका आधारमा जारी हुने संविधान टिकाउ नहुने टिप्पणी गरेको छ। शर्माले संविधान सहमतिका आधारमा निर्माण हुने गरेको विश्व इतिहास रहेको उल्लेख गर्दै बहुमतका आधारमा जारी हुने संविधानले मुलुकको समस्या हल नगर्ने बताए।