पत्रपत्रिकाबाट – शान्ति सुरक्षा भन्दा भीभीआईपीको सवारीमै प्रहरी व्यस्त

0 5
शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको प्रहरी पछिल्लो समय अतिविशिष्ट व्यक्तिको सवारी र कार्यक्रमस्थलको सुरक्षामा केन्द्रित भएको छ।
शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको प्रहरी पछिल्लो समय अतिविशिष्ट व्यक्तिको सवारी र कार्यक्रमस्थलको सुरक्षामा केन्द्रित भएको छ।

धर्ना, जुलुस र विरोध कार्यक्रममा पनि प्रहरीको अधिकांश समय बित्ने गरेको छ। काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी उत्तमकुमार कार्कीले २ हजार ५ सय दरबन्दी रहेको काठमाडौं परिसर र मातहतका वृत्तका झन्डै आधा प्रहरीको समय यस्तै काममा बित्ने गरेको स्वीकारेको कान्तिपुर दैनिकमा खबर छ।

प्रहरी सबैभन्दा बढी व्यस्त अतिविशिष्ट व्यक्तिको सवारीमा भइरहेको छ। गएको साउनदेखि अहिलेसम्म प्रहरीले प्रधानमन्त्री सुशील कोइरालाको ८६ वटा सवारीमा सुरक्षा प्रदान गरेको छ। प्रधानमन्त्री सहभागी हुने औपचारिकअनौपचारिक कार्यक्रममा सहभागी हुन जाँदा बाटोदेखि कार्यक्रमस्थलको सुरक्षा प्रहरीले प्रदान गरेको हो।