पत्रपत्रिकाबाट – पैशाको विवादमा विद्यालयभित्रै झडप, प्रअसहित तीन घाइते

0 5
नुवाकोटको मदानपुर गाविसको शक्ति उच्च माविमा आर्थिक अनियमिता भएको विवादलाई लिएर शनिबार विद्यालयभित्रै झडप भएको छ।
नुवाकोटको मदानपुर गाविसको शक्ति उच्च माविमा आर्थिक अनियमिता भएको विवादलाई लिएर शनिबार विद्यालयभित्रै झडप भएको छ।

झडपमा प्रअसहित तीन जना घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। विद्यालयको लेखा परीक्षण भइरहेको समयमा उत्पन्न विवादमा विद्यालयका प्रधानाध्यापक हिराराम पाण्डेसहित विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नवराज पाण्डे, शक्ति उच्च मावि बचाउ सरोकार समितिका अध्यक्ष माधव पाण्डे घाइते भएको अन्नपूर्ण पोस्टमा खबर छ।

विद्यालयका प्रधानाध्यापक हिराराम पाण्डेको अवस्था गम्भिर भएकाले उपचारको लागि काठमाडौँ ल्याइएको छ। मदानपुर गाविस वडा नं ६ मा भएको घटनामा  संलग्न भएको आरोपमा प्रहरीले प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।