काँग्रेसभित्र गुट उपगुट हुनु राम्रो होइन : कोइराला

April 18 2015 13:22

रौतहट, ५ वैशाख – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले काँग्रेसभित्र गुट उपगुट हुनु पार्टीका लागि घातक हुने बताएकी छन्।

नेपाल प्रेस युनियन रौतहटको आयोजनामा आज चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रममा नेत्री कोइरालाले आउँदो महाअधिवेशनले त्यस्तो गुटबन्दीलाई समाप्त पार्ने विश्वास व्यक्त गरिन्। उनले भनिन् – गत निर्वाचनले स्पष्ट रुपमा नेपाली काँग्रेसलाई बहुमत दिए तापनि गुट उपगुटका कारण जनतासँग सम्बन्ध कमजोर हुँदै गएकाले स्थानीय नेता तथा कार्यकर्तासँग समन्वय गर्न म जिल्ला भ्रमणमा हिँडेको हुँ।

पार्टीभित्र महिलाका हकमा ६०-४० को भेदभाव रहेकाले गलत परिपाटी हटाउन आगामी महाधिवेशन कोसेढुङ्गा साबित हुने उनले बताइन्। नेत्री कोइरालाले संविधान निर्माणमा गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको सिद्धान्तलाई पूरा गर्नुपर्ने दायित्व आएको बताइन्।

बिपी कोइरालाले लिएको मेलमिलापको नीति हालको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उनले संविधानसभाबाट सकभर सहमतिमा नभए सहमति हुन नसके प्रक्रियामा गएर संविधान जारी गरिने उल्लेख गरिन्।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top