दाङमा नदीमा डुबेर तीनको मृत्यु, अस्पतालमा आगलागी हुदा २ करोड क्षति

0 3

दाङ, वैशाख ५ – बबई नदीमा डुबेर दाङको दुई किशोरहरुको मृत्यु भएको छ ।

शीतलपुर नजिकै बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर रुकुम खलङ्गाका १६ वर्षीय मञ्जीत गौतम र सल्यानका १८ वर्षीय भरत चन्दको मृत्यु हो ।

मृतक गौतम ज्ञानज्योति कलेज र चन्द दाङभ्याली कलेजमा अध्ययनरत रहेको प्रहरीले बताएको छ ।

यस्तै राप्ती नदीमा पौडी खेल्ने क्रममा देउखुरीमा डुवेर एक बालकको मृत्यु भएको छ । देउखुरी लालमटिया ४ का १२ वर्षीय कमल पौडेलको राप्ती नदीमा नुहाउने क्रममा डुबेर मृत्युभएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
यसैबीच दाङको घोराही नगरपालिका ११ स्थित गोर्खा अस्पतालको शल्यक्रिया कक्षमा शनिबार दिउँसो आगलागी हुँदा करिब दुई करोड बराबरको क्षति भएको छ ।

विद्युत सर्ट भएर लागेको आगालागीबाट अप्रेसन कक्षमा रहेका महत्वपूर्ण मेसिन तथा औजार जलेर नस्ट हुँदा करिब रु दुई करोड २५ लाख बराबरको क्षति भएको अस्पतालले जनाएको छ ।