सत्तापक्षका कारण जेठ १५ मा संविधान बन्दैन् : प्रचण्ड

0 7

५ बैशाख, भैरहवा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षका कारण आगामी जेठ १५ मा संविधान जारी गर्न नसकिने बताएका छन् ।

नवलपरासीको कार्यक्रममा सहभागी हुन जानेक्रममा भैरहवा गौतमबुद्ध विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले आन्दोलनका कार्यक्रम स्थगित गरेर सहमतिको प्रयास गरेपनि सत्तारुढ दलको सत्तामोहका कारण सहमति नभएको बताए ।

कांग्रेसका नेताले आफ्नो अधिवेश अघि या पछि कहिले संविधान जारी गर्ने भन्नेमा दोधारे रहेको प्रचण्डको भनाइ छ ।

प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकलाई पुरानै स्थान लान खोजेको भन्दै प्रचण्डले ३० दलीय मोर्चामा विवाद उत्पन्न भएपनि आफूले सरकारलाई संविधान निर्माणका लागि वार्तामा आउन आग्रह गरेपनि सरकारले चासो नदेखाएको आरोप लगाए ।

– See more at: http://www.onlinekhabar.com/2015/04/267518/#sthash.JdOZGatI.dpuf