आजदेखि लोडसेडिङ घट्यो (तालिकासहित)

April 17 2015 09:06
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समय घटाएको छ।
काठमाडौँ, ४ वैशाख – नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समय घटाएको छ।

प्राधिकरणले शुक्रबारबाटै लागू हुने गरी लोडसेडिङ घटनाएको तालिका सार्वजनिक गरेको हो। नयाँ तालिकाअनुसार आजबाट सातामा ५५ घन्टामात्र विद्युत कटौती हुने भएको छ। प्राधिकरणले यसअघि हप्तामा ५९ घन्टासम्म लोडसेडिङ गर्दै आएको थियो।

प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार आजबाट सातामा ६ दिन ८ घन्टा र एक दिन ७ घन्टा विद्युत कटौती हुने छ। प्राधिकरणले नदीमा पानीको जलस्तर घटिरहेपनि मकवानपुरस्थित कुलेखानी जलासयमा पानी भण्डारण पर्याप्त रहेकाले लोडसेडिङ घटाउन सकिएको जानकारी दिएको छ।

 

नयाँ तालिका हेर्नुहोस्

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top