जाजरकोटको महामारीप्रती सरकार लाचार, मृत्यु हुनेको संख्या २० पुग्यो

0 4

सुर्खेत, ४ वैशाख – जाजरकोटमा फैलिएको संक्रमणप्रती सरकार लाचार बनेका कारण  ज्यान गुमाउनेको संख्या २० पुगेको छ।
बिहीबार राति थप दुई जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २० पुगेको हो। आइतबार स्वास्थ्य मन्त्री खगराज अधिकारीसहितको स्वास्थ्यकर्मी टोली त्यहाँ पुगेको भएपनि रगतको नमुना नल्याइ फर्किदा विरामीको राम्रो उपचार हुन् सकेको छैन्। त्यहाँका विरामीको संख्या दिनप्रतिदिन बढ्दै गएका कारण मृत्यु हुनेको संख्या बढ्ने सम्भावना बढी छ।
बुधबार राति थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १८ पुगेको थियो। जिल्ला जनस्वास्थ्य कार्यालयले बेवास्ता गरेको भन्दै स्थानीयबासी आक्रोसित भएका छन्। संक्रमणकै कारण बिरामी भएका नायकबाडा-४ का ५५ वर्षीय शरण चलाउनको बुधबार राति ज्यान गएको हो। केही सातादेखि जिल्लाका बिभिन्न गाविसमा फैलिएको संक्रमण नियन्त्रणमा आउन सकेको छैन।