विकल्प बिना प्लाष्टिक प्रतिबन्ध लगाएको विरोधमा उद्योगी-व्यापारी सडकमा उत्रिए

0 10

काठमाडौँ, ४ वैशाख – सरकारले काठमाडौँ उपत्यकामा प्लाष्टिक झोला प्रतिबन्ध लगाएको विरोधमा उद्योगीव्यापारी सडकमा उत्रिएका छन्।

विकल्प नै नखोजी प्लाष्टिक झोला प्रतिबन्ध लगाएको भन्दै उद्योग वाणिज्य महासंघ र प्लाष्टिक झोला उत्पादक संघको अगुवाइमा उद्योगी-व्यापारी सडकमा उत्रिएका हुन्। सबै उद्योगी-व्यापारी सहभागी भएको विरोध र्‍याली काठमाडौंको भृकुटीमण्डपबाट निस्केको हो। विरोध र्‍यालीमा सहभागीले उचित विकल्प दिएर मात्रै प्लाष्टटिक झोला प्रतिबन्ध लागउन सरकारसँग माग गरेका छन्।

विकल्प नदिइकन प्लाष्टिक झोला प्रतिबन्ध लगाउदा प्लाष्टिक झोला उत्पादक उद्योगमा कार्यरत हजारौ मजदुर बेरोजगार हुने उनीहरुको दाबी छ।