शुक्लाफाँटामा गैंडा गणना सुरु

0 8

४ वैशाख, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा शुक्रबारदेखि गैंडा गणना सुरु भएको छ ।

गैडा गणनाका लागि स्थानीय कर्मचारीको टोली परिचालन गरिएको शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।

गणना कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष, तराई भू–परिधि कार्यक्रमको सहकार्य रहेको आरक्ष कार्यालयले जनाएको छ ।

गत वर्षको गणनामा आरक्षमा आठवटा एकसिङ्गे गैंडा भेटिएको कार्यालयले जनाएको छ । नेपालमा सन् १९९४ देखि प्रत्येक चार वर्षमा गैंडा गणना हुँदै आएको छ । प्रत्येक गैंडाको टाउको गणना गरिने यस विधिबाट जङ्गलमा गैंडाबाहेक अन्य वन्यजन्तुको जीवनशैली, चोरी सिकारीको अवस्था, आहार तथा पानीको अवस्थाका बारेमा समेत थाहा पाइने ढकालको भनाइ छ ।