थापाको निधनको शोकमा शुक्रबार सार्बजनिक विदा

0 7

३ वैशाख, काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा शुक्रबार एक दिन सार्बजनिक विदा दिने निर्णय गरेको छ ।
विहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार सार्बजनिक विदा दिने निर्णय गरेको हो । भारतको नयाँदिल्लीमा उपचारको क्रममा बुधबार राति थापाको निधन भएको थियो ।

थापाको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ । त्यसैगरी एक दिन आधा झण्डा झुकाउने र स्वदेश तथा विदेशका सबै कुटनीतिक नियोगहरुमा एक दिन विदा दिने बैठकले निर्णय गरेको उद्योग मन्त्री महेश बस्नेतले जानकारी दिए ।

त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरिरलाई राप्रपा केन्द्रीय कार्यालय चाबहिल र दशरथ रंगशालामा राखिने छ ।

थापाको निधनमा राप्रपाले १३ दिनसम्म शोक मनाउने निर्णय गरेको छ ।

– Soruce: Onlinekhabar