जर्मनी र फ्रान्स पुगेर मोदीले भनेः बुद्ध जन्मेको देश भारत

0 7

२ बैसाख, काठमाडौं ।

भगवान बुद्धको जन्मभूमी भएपनि नेपालले विश्व समुदायलाई अझै पनि बुद्धको भूमि नेपाल हो भनेर प्रष्ट्याउन सकेको छैन। विश्वका धेरै मुलुकका नागरिकलाई बुद्ध भारतीय हुन् भन्ने थाहा छ किन भने संसारका धेरै पाठ्य पुस्तकमा यही लेखिएको छ।

केही समय अघि नेपाल आउँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुख खोले र प्रष्ट शब्दमा भने बुद्ध नेपालमै जन्मेका हुन्। नेपालको संसदलाई संवोधन गर्दै मोदीले बुद्ध नेपालमा जन्मेको भन्दा त्यहाँ रहेका प्रधानमन्त्री सहित सबै बरिष्ठ ब्यक्तित्वले ताली पिटे। मोदीले बारम्बार नेपाल बुद्धको देश भनेर प्रशंसा गरेका थिए।

modi bhasan nepal

तर भारत फर्किए लगत्तै मोदीको बोली फेरियो । उनले जापान पुगेर भने भारत भगवान बुद्धको देश हो । त्यतिबेला पनि नेपाली मिडियामा केही तरंग आएका थिए । अव फेरी मोदीले जर्मनी र फ्रान्समा पुगेर पनि त्यही कुरा दोहोर्‍याएका छन् ।

Modi in Germany

 हेर्नुस् भिडियो

जर्मनीकी चान्सलर एंगेला मर्केल उपस्थित एक कार्यक्रम तथा फ्रान्समा भारतीय समुदायले आयोजना गरेको कार्यक्रममा मोदीले उस्तो कुरा बोले । उनले भने महात्मा गान्धी र गौतम बुद्धको भूमि भारतलाई राष्ट्रसंघीय सुरक्षा परिषदमा स्थायी सदस्य बनाउनु पर्ने माग गरे । भारतका सैनिकले राष्ट्रसंघीय शान्ति सेनामा सबै भन्दा बढी योगदान दिएको दावी समेत मोदीले गरेका छन्।

मोदीले पाकिस्तानप्रति इङ्गित गर्दै आतंकवादको पक्षमा रहेका राष्ट्रलाई एक्ल्याउन पर्ने समेत बताए ।

जर्मनीको हानोभर मेस्सेमा भारतीय औद्योगिक मेलाको उद्घाटनका क्रममा पनि मोदीले बुद्ध र गान्धीको भूमि भनेर भारतलाई चिनाए।