दुर्व्यसनी रोक्ने सरकारी कार्यक्रम विवादित

0 18

२ बैशाख, धरान । दुव्र्यसनीहरुलाई उपचारविधि भन्दै सरकारले ‘मेथाडोन’ नामको अझ कडा लागूऔषध खुवाइरहेको भन्दै पूर्वदुव्र्यसनी तथा सरोकारवालाले विरोध गरेका छन् । दातृनिकायको सहयोगमा सञ्चालित प्रोजेक्मार्फत सुनसनरी जिल्लामा पनि मेथाडोन भित्रिन लाग्दा सरकारी स्वीकृतिमा चलेको कार्यक्रम विवादमा तानिएको हो ।

मेथाडोन कडा खालको लागु औषध भएको र प्रोजेक्ट सकिएपछि युवापिढी त्यसको लतमा फसेर निस्कनै नसक्ने अवस्थामा पुग्ने भन्दै धरानका युवाले त्यसविरुद्ध संघर्ष समिति गठन गरेको नागरिक दैनिकमा खबर छ ।

विरोधकै कारण धरानस्थित कियाचु पुनर्जीवन केन्द्रले चैत १ गतेदेखि मेथाडोन कार्यक्रम कार्यान्वयन गर्न पाएको छैन् । ग्लोबल फन्डको आर्थिक सहायतामा सेभ द चिल्ड्रेनले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

– See more at: http://www.onlinekhabar.com/2015/04/265957/#sthash.tAw4bgYV.dpuf