महाकालीमा बेपत्ता बालिकाहरुको शव आफन्तलाई बुझाईयो

0 7

रमेश भट्टराई, कैलाली – सोमबार महाकाली नदीमा हाम फालेका चार जना बालिकाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार वेपत्ता चारै जना बालिकाको शव भेटिएको हो । महाकालीमा बेपत्ता ४ जना मध्ये ३ जना बालिकाको शव सोमबार साँझले नै भेटिएको थियो भने अर्कि बालिकाको शव मंगलवार दिउसो भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिका पुजा कोलीको शव मंगलवार दिउँसो दार्चुलाको उकु क्षेत्रमा भेटिएको हो । दार्चुलाको दत्तु गाविसमा रहेको राष्ट्रिय उच्च माविमा अध्ययरनत चार जना बालिकाले सोमबार स्कूलबाट बार्षिक परीक्षाको नतिजा सुनेर लाब्धांङ पत्र लिएर फर्किने क्रममा महाकालीमा सामुहिक रुपमा दुपट्टामा हात बाधँेर हाम फालेका थिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक नैनसिंह कार्कीले प्रहरी टोलीले बेपत्ताको खोजी गर्ने क्रममा बिच महाकालीमा शव भेटिएको बताउनुभयो । हाम फालेका मध्ये दत्तु गाविस वडा नं २ का कक्षा ७ मा अध्ययनरत ममता चुनारा, कक्षा ६ मा अध्ययनरत  १२ वर्षिया नितु लुहार र कक्षा ६ मा अध्ययनरत १३ बर्षिय ममता चुनाराको शव सोमबार नै भेटिएको थियो । भने कक्षा–७ मा अध्ययनरत पुजा कोलीको शव आज भेटिएको हो । बालिकाको शव पोष्टमार्टमपछि आज परिवारको जिम्मा लगाइसकेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।