सेञ्चुरीको भिसा डेबिट र ट्राभल कार्ड सेवा

0 5

१ बैशाख, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले भिसा डेबिट कार्ड र ट्राभल कार्ड सेवा शुरु गरेको छ । विदेश यात्रा गर्ने ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै बैंकले यस्तो सेवा शुरु गरेको हो ।

बैशाख १ गतेदेखि संसारको कुनै पनि ठाउँबाट कार्डको प्रयोग गरी पैसा निकाल्न र सामान खरीद गर्न सक्ने बैंकले जनाएको छ । कार्ड संसारभरी चल्ने हुँदा ग्राहकहरुले विदेश यात्राका क्रममा ट्राभल चेक नभएको र विदेशी मुद्रा अभावले हुने कठिनाइबाट छुट्कारा पाउनेछन् ।

ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै बैंकले भिसा कार्ड सेवा ३१ वटै शाखाहरुबाट उपलब्ध गराउने जनाएको छ ।

आर्थिक वर्ष २०७१/७२ को पुस मसान्तसम्म बैंकले २३ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७६ करोड रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ । बैंकले यस अवधिमा १५ करोड ६९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।