जाजरकोटमा थप ४ को मृत्यु, मृतकको संख्या १६ पुग्यो

0 10

१ वैशाख, जाजरकोट । अज्ञात रोगका कारण गएराति जाजरकोटमा थप चार जनाको मृत्यु भएको छ ।  योसँगै मृतकको संख्या १६ पुगेको छ ।


गएराति मृत्यु हुनेमा टालेगाउँ गाविस वडा नम्बर ३ की ५० वर्षीया लक्ष्मी नेपाली, वडा नम्बर ५ की ५५ वर्षीया धनकला दमाईं, वडा नम्बर ६ का ५१ वर्षीय हस्ते कामी र वडा नम्बर २ का ६१ वर्षीया महेश्वरा सिंह छन् ।

मंगलबार मात्र थप १८० जना बिरामी उपचारका लागि अस्पताल ल्याइएको छ । बिरामी राख्ने ठाउँ नभएका कारण खुला चौरमा राखेर उपचार गर्न बाध्य भएको स्वास्थ्य चौकी टालेगाउँका प्रमुख प्रेमा लामाले बताए ।

महामारी फैलिएको २ सातापछि गत चैत २९ गते जाजरकोटमा स्वास्थ्यमन्त्री खगराज अधिकारी नेतृत्वमा विशेषज्ञ टोली प्रभावित क्षेत्रमा पुगेको थियो । विरामीहरूको दिसा, पिसाब, रगत, खकार परीक्षणका लागि काठमाडौं ल्याइएको थियो ।  तर, त्यसको रिपोर्ट आउन ढिलाइ भएको छ ।