पूर्वसचिव एवं अर्थशास्त्री भोला चालिसे अस्ताए

0 13

१ बैशाख, काठमाडौं । पूर्वसचिव एवं वरिष्ठ अर्थशास्त्री डा. भोलानाथ चालिसेको निधन भएको छ । लामो सयमदेखि मृगौला रोगका विरामी चालिसेको मंगलबार निधन भएको हो ।

चालिसेको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको बताइएको छ । खुला बजार र उदार अर्थतन्त्रको वकालत गर्ने उनी कुशल प्रशासकका रुपमा चिनिन्थे ।

उद्योग मन्त्रालयमा उपसचिव, सहसचिव र सचिव हुँदा चालिसेले विभिन्न नीति तथा ऐन बनाउन मूख्य भूमिका खेलेका थिए । उनी एकाधिकार र नोकरशाही प्रवृत्तीको कडा आलोचक थिए ।

चालिसे निजी क्षेत्रको सबैभन्दा बढी वकालत गर्ने व्यक्ति हुन् । उदारीकरणका पक्षपाती उनले व्यापार व्यवसाय गर्ने काम सरकारको नभर्इ निजी क्षेत्रको भएको र सरकारले मात्र फेसिलेसनको काम गर्नुपर्ने बताउँथे ।