प्लास्टिक झोलाको प्रतिवन्ध पहिलो दिन नै कार्यान्वयन भएन

0 10
२०७२ वैशाख १ गते १४:०१ मा प्रकाशित
 88  29

 0

Using Plastic Bags (7)

१ बैशाख, काठमाडौं । सानेपाको एक मासु पसले नयाँ बर्षको लागि भनेर अर्डर आएको कुखुराको १५ किलो मासु टुक्रा पार्न व्यस्त थिए । मासु टुक्रा पार्दै प्लास्टिकको बाँटामा राख्दै गरेका उनले पछि त्यसलाई प्लास्टिकका झोलामा पोका पार्न थाले ।

आजदेखि प्लास्टिक प्रयोग गर्न पाइँदैन भनेको होइन र ? भन्ने अनलाइनखबरकर्मीको जिज्ञासामा उनले उत्तर फर्काए, ‘ग्राहक रित्तै आउँछन्, हामीलाई सरकारले कपडाको झोला दिएको छैन । प्लास्टिक प्रयोग नगरेर के गर्ने ?’

Using Plastic Bag (1)यसबाट पुष्टि हुन्छ, सरकारले ०७२ वैशाख १ अर्थात् आजदेखि काठमाडौं उपत्यकामा प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन भएको छैन । क्रेता र बिक्रेताले साना ठूला सबै प्रकारमा प्लास्टिक झोला निर्वाध प्रयोग गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकासहित सरकारी तहबाट ०७२ वैशाख १ गतेदेखि प्लास्टिक प्रयोग नगर्न र त्यसको विकल्पमा कागज वा कपडाका झोला प्रयोग गर्न सार्बजनिक आह्वान गर्दै आएको थियो । अनलाइनखबरकर्मी सडक तथा बजार क्षेत्रमा निस्किँदा नत, सरकारी पक्षबाट अनुगमन गरेको देखियो न त क्रेता र बिक्रेताले प्लास्टिक झोलाको विकल्प खोजेको पाइयो ।

तरकारी बजार, मासु पसल, फलफूल पसल, खाद्यान्न स्टोर लगायत जताततै प्लास्टिक प्रयोग भैरहेका छन् । उपभोक्ता पनि प्लास्टिकको झोला झुण्डाउँदै हिँडिरहेका देखिए ।

Using Plastic Bag (6)५० हजारसम्म जरिवाना

व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिको गत भदौमा बसेको बैठकले वातावरण प्रदुषण गर्ने प्लास्टिक प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार गत चैत १८ गते राजपत्रमा सूचना प्रकाशित गरेपछि कानुन कार्यान्वयनमा आएको थियो ।

प्लास्टिक प्रयोगमा रोक लगाइएकोले त्यसको पालना नगर्नु दण्डनीय हुन्छ । वातावरण संरक्षण ऐनमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । तर, अहिलेसम्म कारवाहीमा कोही परेको जानकारी प्राप्त भएको छैन ।

जनचेतना र्‍याली

प्लाष्टिक झोला मुक्त काठमाडौं भन्ने नाराकासाथ मंगलबार बिहान काठमाडौंमा जनचेतना र्‍याली निकालिएको छ । र्‍यालीमा सहभागीहरुले ब्यानर र प्लेकार्ड बोकेका थिए । त्यसमा ‘प्लाष्टिक झोला मुक्त सहर हामी सबै नेपालीको रहर’, ‘नयाँ बर्षको संकल्प कागज कपडा बिकल्प’, ‘प्लाष्टिक झोलाको प्रयोग गर्दिन’ लेखिएको थियो ।

अनलाइनखबरकर्मी श्रीधर पौडेल र कविन अधिकारीले खिचेका थप तस्वीर हेर्नुहोस्

Using Plastic Bag (2)

Using Plastic Bag (7)

Using Plastic Bag (5)

Using Plastic Bag (3)

Using Plastic Bags (9)

Using Plastic Bag (8) Using Plastic Bags (28)

– Source: Onlinekhabar