झरनाले रिसाउन छाड्ने, केकीको समात्ने प्रण

0 10

नयाँ बर्ष भित्रदै गर्दा मानिसहरु विभिन्न कुराको प्रण गरिरहेका छन् । अघिल्ला बर्षमा गरिएका कमजोरीलाई छाडेर नयाँ बर्षमा नयाँ संकल्प लिनेहरु धेरै भेटिन्छन् । यो भिडमा नेपाली चलचित्रका कलाकार पनि पर्छन् । जसले अनलाइनखबरसँग कुरा गर्दै नयाँ बर्षमा नयाँ संकल्प गरेका छन् । gharana-thapa

झरना थापा
यो बर्ष म निर्मात्री तथा नायिकाबाट निर्देशक बन्दैछु । मैले निर्देशन गर्न लागेको चलचित्र ‘ए मेरो हजुर २’को छायांकन यसै बर्षबाट सुरु हुँदैछ ।

यसैले, पनि आफूले सम्हाल्न लागेको नयाँ जिम्मेवारीमा दत्तचित्त  भएर लाग्नेछु । साथमा चलचित्र क्षेत्रमा राम्रो काम गर्ने कोशिश गर्नेछु । म अलिकती झनक्क रिसाउने भएकी छु । यो बानीलाई छाड्ने  प्रण गर्दछु ।

keki-adhikari-hot

केकी अधिकारी
वि.सं २०७१ मेरा लागि सिक्ने बर्षको रुपमा रह्यो । यो बर्ष मैले व्यक्तिगत र व्यवसायिक दुबै कुरामा धेरै नै संघर्ष गर्नुपर्‍यो । वि.सं २०७१ मा ममा धेरै परिपक्कता आएको छ ।

जिम्मेवारी बहन गर्ने क्षमता बढेको छ । मेरा लागि व्यवसायिक रुपमा पनि चित्तवुझ्दो बर्ष रहेन, ७१ । यसैले गतबर्षमा सिकेका धेरै कुराहरुलाई यो बर्ष लागू गर्नेछु । आफ्नो व्यवसायिक करिअरमा पनि धेरै ध्यान दिनेछु । यो बर्ष मैले छाड्ने भन्दा पनि समात्ने प्रण गरेकी छु ।
anu-shah-1
अनु शाह
अघिल्ला बर्षमा म विविध कारणले केही पछाडि परेको महुशश गरेको छु । तर, यो बर्षको सुरुवातदेखि नै मलाई सकारात्मक तरंग पैदा भएको छ ।

यो बर्ष राम्रो हुन्छ भन्नेमा ढुक्क छु । यो बर्ष राम्रा चलचित्र खेल्नेछु । आफ्नो काममा अझै मिहिनेत गर्नेछु । म अहिले धेरै नै रिसाउने भएकी छु । यो बर्षदेखि आफूमा बढ्दै गएको रिस छाड्ने प्रण गर्दछु ।

benisha-hamal
वेनिशा हमाल
हामी हरेक बर्ष केही न केही प्रण गर्छौ । विशेषगरि, नयाँ बर्षको इभमा हामी केही न केही प्रण गर्ने भनेर कुरा गर्छौ । तर, बर्षभरि काम गर्दै जाँदा त्यो पुरा हुँदैन । पुरा नभएपछि पश्चताप पनि लाग्दो रहेछ । यसैले, यो बर्ष म कुनै पनि कुराको प्रण नै गर्दिन । नयाँ बर्षमा जस्तो काम आउँछ, त्यसलाई राम्रोसँग गर्ने सोचमा छु ।
Dayahan Rai (1)
दयाहाङ राई
मैले यो बर्ष खासै त्यस्तो केही पनि संकल्प गरेको छैन । मेरो चाहना कसैको पनि मेरा कारणले चित्त नदुखोस् भन्ने हो । सबै सम्बन्धहरु सुमधुर नै रहुन् भन्ने चाहन्छु । नराम्रो बानी त्यस्तो केही पनि छैन । यदि, भैहाल्यो भने नयाँ बर्षमा मात्र होइन, जतिबेला पनि छाड्न सकिन्छ ।

– Source: Onlinnekhabar