संसद छलेर दुई अध्यादेश जारी

0 6

आफ्ना कमजोरी लुकाउन र विपक्षीको आलोचनाबाट बच्न सरकारले संसद छल्दै अध्यादेशमार्फत् कानुन जारी गर्न थालेको छ।

व्यवस्थापिका संसदको हिउदे अधिवेशन बोलाउने अवधि टार्दै सरकारले विधेयकलाई जनप्रतिनिधिबीच छलफल नै नगराई अध्यादेश जारी गर्न थालेको हो। मन्त्रिपरिषदले २ विधेयक तत्कालै पारित गर्नुपर्ने भन्दै सिफारिस गरेपछि राष्ट्रपति डा रामवरण यादवले आइतवार स्वीकृत गरेको कान्तिपुर दैनिकमा खबर छ ।

सभामुख सुवास नेम्वाङ्गले भने संसदको हिउदे अधिवेशन बोलाउन छाडेर सरकार आफै कानुन बनाउने बाटोमा लागेको भन्दै असन्तोष व्यक्त गरेका छन्। संसद बोलाउनुपर्ने अवस्था हुदाहुदै अध्यादेशमार्फत कानुन बनाउन थाल्नुले राम्रो सन्देश नदिने उनको भनाइ छ ।