निजामति संशोधन ऐन पछि पीआर मुक्त : मन्त्री पण्डित

0 6

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मुलुकलाई डिभी, ग्रीन कार्ड तथा पीआर मुक्त बनाउन निजामति ऐन संशोधन गर्नु पर्ने बताएका छन्।

मन्त्री पण्डितले सरकारी सेवामा रहेका निजामति कर्मचारीलाई विदेशी डिभी, ग्रीनकार्ड तथा पीआर लिनबाट रोक लगाउन निजामति सेवा ऐन चौथो संशोधन व्यवस्थापिका संसद अर्न्तगतको राज्य व्यवस्था समितिबाट पारित भइसकेको बताएका हुन्। सो ऐन पारित गराउन आफूले निकै परिश्रम गर्नुपरेको बताउँदै मन्त्री पण्डितले उक्त ऐन मन्त्रिपरिषद बैठकमा डेढ महिनासम्म छलफल चलेको जानकारी दिएको नागरिक दैनिकमा खबर छ।

सुरु सुरुमा मन्त्रीबाट सो विधेयकको विरोध गरेको भन्दै उनले सबैमन्त्रीलाई कन्भिन्स गराएर विधेयक पारित गराउन सफल भएको बताए। पाँच घण्टासम्म चलेको मन्त्रिपरिषदको बैठकमा साढे तीन घण्टा त निजामति सेवा ऐन चौथो संशोधन विधेयकमाथि नै छलफल भएको उनको भनाइ छ।

देशको उच्चतहमा बसेको व्यक्ति आफ्नो कार्यकाल पुरा भएपछि अमेरिका सेटल हुने सपना पालेर बसेपछि त्यसलाई रोक्न आफू लागि परेको उनको भनाइ थियो।