पूर्वराजा अचानक फर्किंदै, आमाको मुख हेरेर फेरि दिल्ली जाने

0 11

१ वैशाख, काठमाडौं । चार दिनअघि पत्नी कोमलको उपचार गराउन दिल्ली पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी वैशाख ४ गते अपराह्न चार बजे नेपाल र्फकने भएका छन् ।

यही वैशाख ५ गते आमाको मुख हेर्ने दिनमा पूर्व मुमाबडामहारानी रत्नलाई भेट गर्न ज्ञानेन्द्र र हिमानी आउनलागेका हुन् । हरेक सोमबार आमालाई भेट्न महेन्द्र मञ्जिल जाने गरेका ज्ञानेन्द्र पुनः भारत र्फकने छन् । उनी वैशाख ७ गते पुन भारत फर्कने कार्यक्रम रहेको नेपाल समाचारपत्रमा खबर छ ।

२१ गते अर्दली, नानी बज्यै र कर्मचारीसहित भारत गएकी हिमानी भने ७ गतेदेखि निर्मलनिवासमै बस्नेछिन् । करिब चार वर्षदेखि महेन्द्र मञ्जिल बसेकी रत्न करिब ९ महिनाअघि छोरा ज्ञानेन्द्रलाई हृदयघात हुँदा भेट्न नर्भिक अस्पताल पुगेकी थिइन् ।