तिम्ल्याहा दिदी बहिनीको एकसाथ बिबाह, झुक्किए बेहुला

0 18

हेर्दा काटिकुटी उस्तै अनुहार, जीउडालको आकार पनि उस्तै । तस्वीरमा देखिएका तिम्ल्याहा दिदीबहिनी खासमा आ-आफ्ना बेहुलाको प्रतिक्षामा छन् ।

ब्राजिलका यी तिम्ल्याहा दिदीबहिनीको बिबाह समारोह यस अर्थमा अनौठो थियो कि, उनीहरुलाई पहिचान गर्न निकै कठिन थियो । यस्तो अबस्थामा उनीहरुका जीवन साथी बेहुली साटिएलान कि भनेर निकै चिन्तित थिए ।

दिदीबहिनीले विवाह समारोहमा उस्तै ड्रेस लगाए । उनीहरुको हेयर स्टाइल र मेकअप पनि एकै प्रकारको थियो । तर, उनीहरुको बिबाह भने तीन फरक युवकसँग तय भएको थियो ।

अनुहार, पहिरन र जीउडाल उस्तै भएपछि बेहुला नझुक्किने कुरै भएन् । तर, यस्तो दुर्घटनाबाट टार्न सानो चलाखी गरिएको थियो ,। उनीहरुले हातमा बोकेको फूल भने फरक-फरक रंगका थिए ।

त्यही एउटा संकेतका कारण बेहुलाहरुले आ-आफ्ना जीवनसाथी ठम्माउन सके । -डेलीमेल

3 sister  (3) 3 sister  (4) 3 sister  (5)

 f