सेनामा बिस्कुटदेखि हेलिकोप्टर किन्दासम्म अनियमितता

0 12
नेपाली सेनाको खरिद प्रक्रियामा अनियमितता हुने गरेको छ। महालेखा परीक्षक कार्यालयले सेनामा बिस्कुटदेखि हेलिकोप्टर खरिदसम्म अनियमितता हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ।

महालेखा परीक्षकको ५२ औं प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७०-०७१ को लेखा परीक्षणमा सेनाका अधिकांश ठेक्कापट्टामा सार्वजनिक खरिद ऐन उल्लंघन भएको छ। रक्षा मन्त्रालयले आवश्यकताको पहिचान,स्पष्ट आधार र मापदण्डविनै बजेट विनियोजन गरी निकासा दिने प्रतिवेदनमा उल्लेख भएको नयाँ पत्रिका दैनिकमा खबर छ।

सैनिक कल्याणकारी कोष, स्वयम्भू बारुदखाना, बसुन्धारा क्यान्टिनले दायित्व देखिने गरी लेखा तयार नगरेको पनि प्रतिवेदनमा उल्लेख छ।