आज दिनभर पानी पर्ने, भोलीदेखि मौसममा सुधार

0 6
काठमाडौँ, ३० चैत – आइतबार रातिदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा पानी परेको छ।

आजपनि दिनभर मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिनभर नै पानी पर्ने र रोकिने क्रम जारी रहने छ।  मध्य र पूर्वी भागमा धेरै पानी परेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात भएको महाशाखाले जनाएको छ।

सोमबार दिउँसो काठमाडौंमा एकछिन आकाश खुलेजस्तो भएपनि बेलुका पख फेरि बदली हुने महाशाखाका मौसमविद मिनकुमार अर्यालले जानकारी दिए। पश्चिमबाट पूर्वतिर सर्दै गरेको न्युनचापीय प्रणालीसँगै अरब सागरबाट दक्षिणपूर्वी हुँदै आएको जलवाष्पको असरका कारण आइतबारदेखि देशभरको मौसम बदली भएको हो। मंगलबारदेखि मौसममा सामान्य सुधार आउने र पूर्ण सुधार आउन अझै केही दिन लाग्ने मौसमविद अर्यालले बताए।