पत्रपत्रिकाबाट – सरकारी कार्यालयको बेरुजी ४३ अर्ब ७१ करोडले वृद्धि

0 7
आर्थिक वर्ष २०७०-७१ मा सरकारी कार्यालयको बेरुजु ४३ अर्ब ७१ करोड रुपैयाँ बढेको छ।

महालेखा परीक्षकको कार्यालयले यो वर्ष सरकारी कार्यालयको ३७ अर्ब र संगठित संस्थाको ६ अर्ब ३१ करोड बेरुजु बढेको जानकारी दिएको छ। कार्यालयले आइतबार सार्वजनिक गरेको ५२ औ प्रतिवेदन अनुसार अहिलेसम्म फर्स्‍योट हुनुपर्ने रकम दुई खर्ब ७३ अर्ब रुपैयाँ पुगेको अन्नपूर्ण पोस्टमा खबर छ।

प्रतिवेदन सार्वजनिक गर्दै महालेखापरीक्षक भानुप्रसाद आचार्यले बेरुजु फर्स्‍योटमा प्रगति हासिल नभएको जानकारी दिए। लेखापरीक्षणले सार्वजनिक निकायको खरिद प्रक्रिया पारदर्शी नभएको देखाएको उनले बताए। प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु भौतिक योजना तथा निर्माण मन्त्रालयको पाँच अर्ब ३९ करोड रहेको छ।