२० हजार कर्मचारीलाई जरिवाना

0 13
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार २ सय ५४ सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण नबुझाएको भन्दै उनीहरुलाई जरिवाना गर्न सम्बन्धित मन्त्रालय र निकायहरुलाई आइतबार निर्देशन दिएको छ। नागरिक दैनिकमा समाचार छ ।
राष्ट्रिय सतर्कता केन्द्र र निजामति कितावखानाको रेकर्ड अनुसार आर्थिक वर्ष २०७०/२०७१ मा २० हजार २ सय ५४ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको भन्दै सम्पत्ति नबुझाउनेहरुलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले जरिवाना गरा विवरण भराउन अख्तियारले निर्देशन दिएको हो। यसरी सम्पत्ति विवरण नबुझाउने कर्मचारीहरुलाई जरिवाना गर्दा सरकारलाई १० करोड रुपैयाँ भन्दा बढी राजश्व प्राप्त हुनेछ।