राजदूत नियुक्तिमा बाटो खुल्यो

0 10

सरकारले  आठ मुलुकमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

विवादास्पद अभिब्यक्ति दिएको भन्दै सरकारबाट बर्खास्तीमा परेकी नेपाली राजदूत मायाकुमारी शर्माले पुनःबहालीको माग गर्दै दिएको रिट खारेज भएपछि सरकारलाई कतारसहितका मुलुकमा राजदूत नियुक्तीको बाटो खुलेको हो ।

बिनाकारण बर्खास्त गरिएको भन्दै पुर्नबहाली हुनु पर्ने मागका साथ गत वर्ष दायर गरेको उनको रिटको अन्तिम सुनुवाइ गर्दै प्रधान न्यायाधीश रामकुमारप्रसाद शाह र ओमप्रकाश मिश्रको आइतबार बसेको संयुक्त इजलाशले खारेज गरेको हो । सार्वजनिक समारोहमा कतारलाई खुल्ला जेल भने बापत कतार सरकारको आपत्ति पछि सरकारले शर्मालाई फिर्ता बोलाएको थियो ।