राहदानीको शुल्क तत्काल घटाउन निर्देशन

0 7
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राहदानीको शुल्क तत्काल घटाउन र पृष्ठ बढाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले राहदानी वितरण प्रक्रियामा सुधार गर्नसमेत निर्देशन दिएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।
अहिले प्रदान गरिँदै आएको ३२ पृष्ठको राहदानीमा उपयोगमा आउने पृष्ठ जम्मा १८ रहेको भन्दै यसलाई तत्काल सुधार गर्न समितिले भनेको हो । समितिमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले वैदेशिक रोजगारीमा पठाउने क्रममा राहदानीको दुरुपयोग पनि भएको बताए  ।