सरकारी कार्यालयले नै तिर्दैनन कर

0 14

३० चैत, काठमााडौं । नाफामूलक काम गरेपछि सरकारी कार्यालयले पनि स्थानीय निकायलाई कर तिर्नुपर्छ । तर, काठमाडौं उपत्यकाका झन्डै एक दर्जन सरकारी संस्थानहरुले नाफामूलक काम गरे पनि काठमाडौं महानगरपालिकालाई कर तिर्ने गरेका छैनन् ।

कर नतिर्ने कार्यालयहरुमा कर्मचारी सञ्चयकोष, सांस्कृतिक संस्थान, दुग्ध विकास संस्थान, खाद्य संस्थान, साझा भण्डार लिमिटेड, नेपाल ट्रस्ट, आयल निगम, बालाजु औद्योगिक क्षेत्र र कृषि सामग्री कम्पनी रहेको राजधानीमा खबर छ ।

‘हामी कर लाग्छ तिर्नुहोला भन्छौं उहाँहरु कर लाग्दैन भन्नुहुन्छ,’ महानगरपालिकाका प्रवक्ता शान्तराम  पोखरेलले भने, ‘नाफामूलक काम गरेपछि सरकारी कार्यालयले पनि कर तिर्नुपर्छ तर उहाँहरुचाहिँ अहिले अटेर गरिरहनुभएको छ ।’

महानगरपालिकाले पटक पटक पत्र काटी कर तिर्न आग्रह गर्दै आएको छ । स्थानीय स्वायत्त शासन ऐन तथा नियमावलीबमोजिम कर तिर्न अनुरोध गरिएको महानगरपालिकाको भनाइ छ ।